घुम्ती शिविर सेवा: तेमाल गाउँपालिकाद्वारा शहरमा सामाजिक सुरक्षा भत्ता सेवा
काभ्रेपलाञ्चोक, साउन २१
तेमाल गाउँपालिकाले काठमाडौं उपत्यका र आसपासका सहरहरूमा बसोबास गरिरहेका आफ्ना नागरिकहरूलाई लक्षित गर्दै घुम्ती शिविरमार्फत सामाजिक सुरक्षा भत्ता वितरण तथा नवीकरण सेवा प्रदान गरेको छ।

गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाका अनुसार, जहाँ हाम्रा नागरिक छन्, त्यहीँ सेवा पुर्याउने हाम्रो उद्देश्य हो । एक सातासम्म सञ्चालन गरिएको शिविरबाट ५९१ जना नागरिक लाभान्वित भएका छन्।गाउँपालिकाको पञ्जीकरण शाखा प्रमुख उद्धवप्रसाद पाण्डेको नेतृत्वमा काठमाडौंको कुमारीगाल, जोरपाटी, कपन, स्वयम्भू, कोटेश्वर, भक्तपुरको सूर्यविनायक र काभ्रेको बनेपामा गरी सात स्थानमा शिविर सञ्चालन गरिएको थियो।
स्थानअनुसार लाभार्थी विवरण:
कोटेश्वर: १५२ जना
सूर्यविनायक: ९८ जना
जोरपाटी: ८५ जना
स्वयम्भू: ७१ जना
बनेपा: ६५ जना
कुमारीगाल:६२ जना
कपन :५८ जना
गाउँपालिकाले यस पहलमार्फत उपत्यका तथा सहरमा बस्ने नागरिकलाई गाउँसम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त गराएको जनाएको छ।
रामधुनी नगरपालिकाको पहलमा शङ्करबेली सिमसार पर्यटकीय केन्द्र बन्दै
भोटखोला गाउँपालिकामा थुदाम जातिको जीवनशैली र सांस्कृतिक परम्परा
पाँचखाल नगरपालिकामा चुनावी एजेन्डा बन्यो आलुको मूल्य र मल अभाव
भोजपुर नगरपालिकामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा
विष्णुपुर गाउँपालिकामा सरस्वती पूजाको तयारी, मूर्तिकारहरू शृङ्गारमा व्यस्त




-1775551031.png)
