राजदेवी–७ (मुडवलवामा) डिप ट्युबेल सिँचाइ अवरुद्ध — ट्रान्सफर्मर चोरीपछि संकट
चन्द्रपुर (रौतहट) – साउन २२
राजदेवी नगरपालिका–७ मुडवलवामा अवस्थित डिप ट्युबेलको ट्रान्सफर्मर चोरी भएपछि सिँचाइ सेवा अवरुद्ध भएको छ। किसानहरूकै दृष्टिले यो समस्या गम्भीर बन्न पुगेको छ।स्थानीय विन्देश्वरप्रसाद यादवका अनुसार, उक्त ट्युबेल कृषि यान्त्रिकीकरण प्रवर्धन केन्द्र नक्टाझिज, धनुषाद्वारा २०६५ सालमा स्थापना गरिएको र यो करीब ६० बिघा खेतलाई पानी उपलब्ध गराउन सक्ने क्षमता राख्दछ।
तर ट्रान्सफर्मर चोरी भएपछि यो पूर्ण रूपमा निष्क्रिय भएको छ। कृषि इन्जिनियर महेन्द्र सुनरैतले जानकारी दिए अनुसार, डिप ट्युबेल सञ्चालनका लागि जडान गरिइसकेको ट्रान्सफर्मरमात्रै नभइ घर निर्माण, बोरिङ् र पम्प जडान लगायतको तयारी समेत पूरा भएको थियो, तर अब फेरि ट्रान्सफर्मर खरीदमा बजेट समस्या उत्पन्न भएको छ। स्थानीय किसान बच्चाप्रसाद यादवले भने, “सुख्खाग्रस्त समयमा डिप ट्युबेल पुनः सञ्चालन गराउने मांग सबैको हो। जल सञ्चय र कृषि उत्पादनको लागि यो अत्यावश्यक उपकरणको जडान हुन नसकेकोमा गुनासो गर्दै राधाकृष्ण डिप ट्युबेल जलप्रबन्धक समितिले आवश्यक ट्रान्सफर्मर जडान गर्न माग गरेको छ।
समितिका सभापति रामेश्वरप्रसाद यादवका अनुसार, जिल्ला प्रशासन कार्यालय रौतहटले नेपाल विद्युत् प्राधिकरण (गौर वितरण केन्द्र) लाई पत्राचार गरेको भए तापनि अहिलेसम्म ट्रान्सफर्मर जडान नभएको अवस्थामा किसानहरू निराश छन्। न गरप्रमुख भिखारिप्रसाद यादवले जनाएअनुसार राजदेवी नगरपालिकाले उक्त क्षेत्रमा प्रयोग गर्न सकिने एक सय केभीएको अतिरिक्त ट्रान्सफर्मर खरिद गरिसकेको छ । र अब घना बस्तीको बीचमा तालमेल गरी त्यसलाई जडान गर्ने योजना निर्माण भइरहेको छ।

बारा–पर्सा औद्योगिक करिडोरका मजदुर असुरक्षित, स्थानीय पालिकाको भूमिकामाथि पनि प्रश्न

सिमकोट गाउँपालिका र वरपरका बस्तीमा सडकले ल्यायो सहजता

सुखीपुर नगरपालिकामा डोम समुदायमाथि विभेद र आक्रमण
