तातोपानी गाउँपालिकाको दृढताले: चार वर्षपछि हियाखोला–जिउलोमा सिँचाइ पुनर्सञ्चालन
श्रावण २३, २०८२
जुम्ला तातोपानी गाउँपालिका–६ अन्तर्गतस्थित हियाखोला–जिउलो क्षेत्रमा चार वर्षपछि सिँचाइ सुविधा पुनः सञ्चालनमा आएको छ। असार २०७९ मा आएको बाढीले कुलो भत्किएपछि खेतीयोग्य जमिन बाँझोपना हुँदै गएको थियो। अब तिला नदीदेखि करिब दुई किलोमिटर उचाइ पार गर्दै पानी पुर्याउन सिँचाइ व्यवस्था स्थापना गरिएको जानकारी गाउँपालिकाले दिएको छ।
सिंचाइ सुविधास् संघीय सरकारबाट ८८ लाख रुपैयाँ बजेट प्राप्त भएपछि कुलो पुनर्निर्माण गरिएको छ, जसले किसानहरूलाई निरन्तर खेती र उत्पादन गर्न सहज बनाउँदैछ।
उपलब्धता विस्तारस् १४.४ हेक्टर धान र १६.६२ हेक्टर स्याउ बगैंचामा सिँचाइ पुगेको छस १७९५ मिटर GI पाइप, २५० मिटर पाइप र २० पम्प प्रयोग गरिएको छ।

ऊर्जा स्रोत र योजनास् यो सिँचाइ प्रणाली सौर्य ऊर्जाबाट २४ घण्टा सञ्चालनयोग्य बनाइएको छ। निकट भविष्यमा विद्युतबाट पनि चलाउने योजना अघि बढिरहेको छ, जसले अब हराभरा हुनेछ किसानले ढुक्कसँग कृषि उपज उत्पादन गर्न सक्नेछन् भन्ने गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंको अभिव्यक्ति भरिएको छ।
काठमाडौँ महानगरपालिकाको पहल: रुद्रमति खोलामा व्यापक सरसफाइ अभियान
बारबर्दिया नगरपालिकाको पहलमा जब्दीघाट काठेपुल निःशुल्क
कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिकाबीचको सीमा विवादले गडविजुला ताल सङ्कटमा
बुढीगङ्गा नगरपालिकामा नगर भवन निर्माण ठेक्कामा अनियमितता




-1775551031.png)
