सल्ली खोला ट्रस ब्रिज: निर्माण भए पनि प्रयोगविहीन - पूर्ण प्रसाद भाट :: Palika753
नेभिगेशन
पालिका विशेष

सल्ली खोला ट्रस ब्रिज: निर्माण भए पनि प्रयोगविहीन

 

  हुम्ला,२७ साउन 

    नाम्खा गाउँपालिका–२ र ४ को सिमाना पर्ने सल्ली खोलामा निर्माण गरिएको ट्रस ब्रिज प्रयोगमा आउन सकेको छैन। उक्त ट्रस ब्रिजको पाँच सय मिटर तल पक्की पुल निर्माण भई सञ्चालनमा आएकै कारण सो ब्रिज प्रयोगविहीन बनेको हो।

   नाम्खा गाउँपालिका–२ का स्थानीय कुनक्याप लामाले आवश्यकता भएको बेला निर्माण नभएको ट्रस ब्रिज अहिले निर्माण भए पनि प्रयोगमा आउन नसकेको बताउनुभयो। यो ब्रिज विशेष गरी पैदल यात्रु र खर्कमा पशुवस्तुलाई सल्ली खोला तर्नका लागि एक वर्ष अघि निर्माण गरिएको हो। तर उहाँले पुल निर्माण गर्ने कामदारले तर पनि अन्य सकैले हालसम्म सो पुल नतरेको बताउनुभयो।

1-1754991259.jpg
 

    लिमी समेत सडक सञ्जालसँग जोडिएपछि पैदल हिँड्न मानिसले छोडेको र खर्कमा लिने पशुवस्तु पनि केही तल हिल्सा सिमकोट सडक योजनाले पक्की पुल निर्माण गरेकाले त्यसैबाट वारपार गर्ने भएकाले कोही पनि उक्त पुल तर्ने नगरेको उहाँले बताउनुभयो। निर्माण गर्ने निकायले सामान्य यस्ता कुरामा ध्यान नदिएरै आफ्नो वार्षिक प्रगति पूरा भएको देखाउनका लागि उक्त ट्रस ब्रिज निर्माण गरेको सिमकोट गाउँपालिकाका प्राविधिक दानबहादुर रावलले बताउनुभयो।

3-1754991250.jpg

   यसको प्रयोग नजिक अन्य संरचना निर्माणको अवस्थाको खोजी र विकास साझेदारको समन्वयको कमीले विकास बालुवामा पानी भएको भनाइ उहाँको छ। पुलको अवस्था राम्रै भएको कारण त्यसलाई अन्यत्र आवश्यकता भएको स्थानमा सार्न पनि उहाँको सुझाव छ। एक वर्ष अगाडि एक गैरसरकारी संस्था कादुरीले सो पुल निर्माण गरेको थियो।

 

2-1754991440.JPG

   तत्कालीन समयमा स्थानीयले आवश्यकता औंल्याएको कारण उक्त स्थानमा ट्रस ब्रिज निर्माण गरिएको संस्थाले बताएको छ। यसका लागि ७० लाखभन्दा बढी बजेट खर्च भएको थियो। योसहित सल्ली खोलामा दुई किलो मिटरको दूरीमा दुई वटा ट्रस ब्री, एउटा पक्की पुल र एउटा झोलुङ्गे पुन निर्माण गरिएको छ। पक्कीबाहेक अन्य तीन वटा पुल प्रयोगविहीन अवस्थामा छन्।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप पालिका विशेष