कचनकवल गाउँपालिकाद्वारा डा. महावीर पुनको पुस्तक खरिद

श्रावण ,२६
झापाको कचनकवल गाउँपालिकाले राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा. महावीर पुनको अभियानलाई थप सशक्त बनाउँदै,उनको आत्मकथा महावीर पुनस् सम्झना,सपना र अविरल यात्रा का ५० हजार रुपैयाँ बराबरका पुस्तक खरिद गरेको छ। यस कदमले डा. पुनको कृषि औजार उत्पादनका लागि चलाइरहेको अभियानमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
गाउँपालिकाको सभाहलमा आयोजित स्वागत–सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पुस्तक खरिदको उद्देश्य स्पष्ट गर्दै भने, नेपालजस्तो कृषि प्रधान देशमा कृषि औजार उत्पादनको काम अत्यन्तै महत्वपूर्ण छ। उनले डा. पुनको अभियानलाई सहयोग पुर्याउनका लागि यो कदम चालेको बताए।
डा. महावीर पुनले राष्ट्रिय आविष्कार केन्द्रमार्फत बीरगञ्ज कृषि औजार कारखाना सञ्चालनका लागि आर्थिक संकलन गर्ने लक्ष्यसहित आफ्नो पुस्तक बिक्री अभियान चलाइरहेका छन्। कार्यक्रममा उनले कृषि औजार उत्पादनमार्फत राष्ट्रलाई योगदान दिने उद्देश्यका साथ आफू सक्रिय भएको बताए।
पूर्व प्रदेशसभा सदस्य बसन्त बानियाले डा. पुनको ज्ञान र सीपलाई आमजनतासम्म पुर्याउने अभियानको प्रशंसा गर्दै यसलाई मुलुकको विकासका लागि प्रेरणादायी पहल भने। गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले डा। पुनलाई “समृद्ध नेपालको यात्रामा लागिपरेका अथक योद्धा को रूपमा वर्णन गरे।
डा. पुनका अनुसार हालसम्म दुई लाख ३० हजार प्रति पुस्तक बिक्री भई करिब १२ करोड रुपैयाँ संकलन भएको छ, जसबाट कृषि औजार कारखाना सञ्चालन भइरहेको छ।

काठमाडौं उपत्यकाका नगरपालिकामा 'नेपाल कला र संस्कृति महोत्सव' सुरु

ललितपुर महानगरपालिकाले लगनखेलमा अवैध संरचना हटायो
सार्वजनिक जमिन अतिक्रमणविरुद्ध रामग्राम नगरपालिकाको डोजर कारबाही
